Like us!
Follow us!

माैद्रिक नीतिपछि दिनहुँ चम्किँदै सेयर बजार

माैद्रिक नीतिपछि दिनहुँ चम्किँदै सेयर बजार

लगानी खबर, काठमाडाैँ - माैद्रिक नीतिपछि सेयर बजार दिनहुँ चम्किँदै गइरहेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५४.४५ अंकले बढेर २१३२.९६ विन्दुमा पुगेकाे छ । नेप्से २.६२ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ९.०५ अंकले बढेर ४०७.३८ विन्दुमा पुगेकाे छ । 

कूल २१४ वटा कम्पनीकाे ९९ लाख ४४ हजार ४८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९ सय ४१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ । 

साेमबार शिवम् कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १५ कराेड २९ लाख २५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।आज ७ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस्तै, अन्य ५ वटा कम्पनीकाे सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । यस दिन ९.५ % मञ्जुश्री फाइनान्स डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ५.८७ प्रतिशतले घटेर ८ सय ८४ रूपैयाँ ८० पैसामा झरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।