Like us!
Follow us!

नेप्सेले गर्याे माैद्रिक नीतिकाे हरियालीसहित स्वागत

नेप्सेले गर्याे माैद्रिक नीतिकाे हरियालीसहित स्वागत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ विन्दुमा पुगेकाे छ । नेप्से ३.०३ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १२.०९ अंकले बढेर ३९८.३३ विन्दुमा पुगेकाे छ । 

कूल २१९ वटा कम्पनीकाे ६४ लाख २३ हजार एक सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७३ करोड ९ लाख २७ हजार २ सय ९७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

आइतबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३९ कराेड ७१ लाख ३१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पस फाइनान्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे । 

यस दिन १० प्रतिशत एनएमबी डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य १.५२ प्रतिशतले घटेर ९ सय रूपैयाँ १० पैसामा झरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।