Like us!
Follow us!

अप्पर तामाकोशीले डाक्यो साधारण सभा, पूँजी वृद्धिकाे विशेष प्रस्ताव

अप्पर तामाकोशीले डाक्यो साधारण सभा, पूँजी वृद्धिकाे विशेष प्रस्ताव

लगानी खबर, काठमाडाैँ - अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार १४ औ बार्षिक साधारणसभा भदौ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुने छ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

सभाले कम्पनीको पूँजी वृद्धि सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन गर्नेछ । सभाले समूह ख सर्वसाधारण समूहबाट एक महिला सहित ४ जना सञ्चालकहरुको चयन समेत हुनेछ ।  कम्पनीले लाभांश घोषणा गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार साउन १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।