Like us!
Follow us!

हालै आइपिओ ल्याएको समाज लघुवित्त मर्जरमा जाने !

हालै आइपिओ ल्याएको समाज लघुवित्त मर्जरमा जाने !

लगानी खबर, काठमाडौँ - समाज लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएकाे छ ।

समाज लघुवित्त र सिराहाको लहानस्थित स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच हिजाे (असाेज ५ गते, साेमबार) मर्जर सम्बन्धी सम्झाैता भएकाे संस्थाले नेप्सेमा एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

समाज लघुवित्तले हालै मात्र ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । उक्त आइपिओ नेप्सेमा सूचिकृत हुन बाँकी नै छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f69d390cf1a7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।