लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेकाे छ ।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको ४/१२ को नीति संशोधन गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै संशोधन गरिएकाे जानकारी दिएका हुन् । जस अनुसार अब सेयर धितो कर्जामा कुल १२ करोड मात्र लिन सकिनेछ । एउटा बैंकबाट ४ करोड मात्र लिन सकिने व्यवस्था भने खारेज भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।