Like us!
Follow us!

नेपाल लाइफ र एनआईसी एशियालाई सेयर बिकाउनै मुस्किल, फेरि आयो लिलामीमा

नेपाल लाइफ र एनआईसी एशियालाई सेयर बिकाउनै मुस्किल, फेरि आयो लिलामीमा

लगानी खबर, काठमाडाैँ - नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहकाे सेयर आज (श्रावण ५ गते, बिहीबार) बाट फेरि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ । यसअघि बिक्री खुल्ला गर्दा नबिकेपछि फेरि खुलाइएकाे हाे । 

नेपाल लाइफकाे ५ लाख ९६ हजार ९ सय २१ कित्ता र एनआईसी एशिया बैंक लिमिटेडकाे ७ लाख १७ हजार ९ सय ५० कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे हाे । जसमध्ये नेपाल लाइफकाे मूल्य प्रतिकित्ता न्यूनतम ७ सय रूपैयाँ र एनआईसी एशिया बैंककाे मूल्य प्रतिकित्ता न्यूनतम ४ सय २५ रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले दुवै कम्पनीकाे सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि श्रावण १९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले ग्लाेबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं र  ग्लाेबल आइएमई बैंक लिमिटेडकाे तलकाे सूचनामा ताेकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।