लगानी खबर, काठमाडाैँ - आज बुधबार नेप्से परिसूचकमा सामान्य सुधार देखिँदा कारोबार रकम भने हिजोको तुलनामा घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ विन्दुमा पुगेकाे छ । नेप्से ०.२४ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.९७ अंकले बढेर ३९२.५० विन्दुमा पुगेकाे छ ।
कूल २१५ वटा कम्पनीकाे ४१ लाख ३३ हजार ७ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २ सय ७० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
बुधबार पनि शिवम् सिमेन्टकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड ४२ लाख ५९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ५.६९ प्रतिशतले बढेर २ सय ६० रूपैयाँ पुगेकाे छ । यस दिन लक्ष्मी इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ६.३३ प्रतिशतले घटेर ९ रूपैयाँ ६२ पैसामा झरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।