Like us!
Follow us!

नेपाल एसबीआई बैंककाे ऋणपत्र भर्ने आज अन्तिम माैका

नेपाल एसबीआई बैंककाे ऋणपत्र भर्ने आज अन्तिम माैका

लगानी खबर, काठमाडाैँ - नेपाल एसबीआई बैंक लिमिटेडले असार २२ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने आज (श्रावण ४ गते, बुधबार) अन्तिम दिन रहेकाे छ  । 

बैंकले ५ वर्ष अवधि भएकाे वार्षिक ९.२५ प्रतिशत व्याज भएकाे "५ वर्ष, ९.२५% नेपाल एसबीआई बैंक डिबेञ्चर, २०८३" नाममा ऋणपत्र निष्कासन गरेकाे हाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले सानिमा क्यापिटल लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।