Like us!
Follow us!

एभरेष्ट बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति

एभरेष्ट बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति

लगानी खबर, काठमाडाैँ - एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।

बैंकले २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ ११ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । बाेर्डले हिजाे श्रावण २ गते अनुमति पाएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ६ वर्ष अवधि भएकाे वार्षिक १०.५ प्रतिशत व्याज भएकाे "६ वर्ष, १०.५% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८५" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।