Like us!
Follow us!

सेयर बजारमा चमक

सेयर बजारमा चमक

लगानी खबर, काठमाडाैँ - सेयर बजारमा चमक देखिएकाे छ । लगातार साताैँ दिन पनि बजार बढेकाे छ । 

आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.२० अंकले बढेर २०४५.६३ विन्दुमा पुगेकाे छ । नेप्से ०.८० प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.८० अंकले बढेर ३९१.५६ विन्दुमा पुगेकाे छ । 

कूल २१३ वटा कम्पनीकाे ५७ लाख १३ हजार २ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३ सय २६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ ।

मंगलबार पनि शिवम् सिमेन्टकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १५ कराेड ९७ लाख ७१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ८.०१ प्रतिशतले बढेर ८ सय ३६ रूपैयाँ पुगेकाे छ ।

यस दिन सिभिल बैंक डिबेञ्चर २०८८ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ७.७५ प्रतिशतले घटेर ९ सय २२ रूपैयाँ ५० पैसामा झरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।