Like us!
Follow us!

आरएसडिसी लघुवित्त बन्याे वित्तीय विवरण सार्वजनिक गर्ने पहिलाे कम्पनी, कस्ताे छ अवस्था ?

आरएसडिसी लघुवित्त बन्याे वित्तीय विवरण सार्वजनिक गर्ने पहिलाे कम्पनी, कस्ताे छ अवस्था ?

लगानी खबर, काठमाडाैँ - आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४८.४५ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा संस्थाले ९ करोड १० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ४६.३६ प्रतिशतले बढेर २३ करोड ८२ लाख ३३ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १६ करोड २७ लाख ६८ हजार रूपैयाँ रहेको थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि बढेर २६ करोड ४७ लाख ७६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १८ करोड ६१ लाख १७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ र जगेडा कोषमा ३१ करोड ३ लाख हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।