Like us!
Follow us!

नेप्सेमा आदर्श लघुवित्तको आईपीओ सूचिकृत, मंगलबारबाट कारोबारमा आउने

नेप्सेमा आदर्श लघुवित्तको आईपीओ सूचिकृत, मंगलबारबाट कारोबारमा आउने

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार संस्थाकाे २ लाख ७ हजार कित्ता साधारण सेयर (आईपीओ) आज नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय २२ रूपैयाँ ८८ पैसादेखि अधिकतम ३ सय ६८ रुपैयाँ ६४ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि ADLB सिम्बाेल प्राप्त गरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।