Like us!
Follow us!

नेपाल फाइनान्सकाे लिलामी सेयर बाँडफाँड

नेपाल फाइनान्सकाे लिलामी सेयर बाँडफाँड

लगानी खबर, काठमाडाैँ - नेपाल फाइनान्स कम्पनी लिमिटेडले असार १७ गते, शुक्रबारदेखि असार २४ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे छ ।

फाइनान्सले जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म बिक्री खुल्ला गरेकाे हकप्रदमा आवेदन नपरेकाे संस्थापक समूहकाे ११ लाख ३६ हजार ७ सय १६ दशमलव १८७ कित्ता र सर्वसाधारण समूहकाे ३ लाख २ हजार ६ सय ९६ दशमलव २७ कित्ता गरी कूल १४ लाख ३९ हजार ४ सय १२ दशमलव ७५ कित्ता सेयरहरू लिलामी मार्फत् बिक्री खुल्ला गरेकाे थियाे । 

साे अवधिमा प्राप्त आवेदनहरू बाेलपत्रदाताहरूकाे राेहवरमा शिलबन्दी बाेलपत्रहरू खाेली प्रचलित कानुन बमाेजिम निष्काशनकर्ता संस्थाकाे सञ्चालक समितिले बाँडफाँड गरेकाे कम्पनीले जनाएकाे छ । आवेदकहरूकाे बाँडफाँडमा नपरेकाे सेयर बापतकाे रकम साेझै आवेदकहरूले दरखास्त फाराममा उल्लेख गरिएकाे बैंक खाता नम्बरमा आज साेमबारदेखि जम्मा गर्ने पनि कम्पनीले जानकारी दिएकाे छ ।

62d5191c7b542.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।