Like us!
Follow us!

लगानी गर्ने की नगर्ने ? ङादी ग्रुपकाे हकप्रद साउन १८ गतेदेखि खुल्ने

लगानी गर्ने की नगर्ने ? ङादी ग्रुपकाे हकप्रद साउन १८ गतेदेखि खुल्ने

लगानी खबर, काठमाडाैँ - ङादी ग्रुप पावर कम्पनी लिमिटेडले श्रावण १८ गते, बुधबारबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १:१.५ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १५० प्रतिशतले हुन आउने एक करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले हकप्रद प्रयोजनका लागि असार २० गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

कम्पनीको हकप्रदमा भदाै ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, सिद्धार्थ बैंकका ताेकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।