Like us!
Follow us!

आईपीओ निष्कासन गर्न सानिमा मिडिल तमोर हाइड्रोद्वारा बाेर्डमा निवेदन

आईपीओ निष्कासन गर्न सानिमा मिडिल तमोर हाइड्रोद्वारा बाेर्डमा निवेदन

लगानी खबर, काठमाडाैँ - सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ कराेड ३१ लाख २५ हजार रूपैयाँ बराबरकाे ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न असार २४ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।