लगानी खबर, काठमाडाैँ - मंगलबारदेखि लगातार बढेकाे बजार आज चाैँथाे दिन पनि बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा पुगेकाे छ । नेप्से ०.४० प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.७७ अंकले बढेर ३८५.९१ विन्दुमा पुगेकाे छ ।
कूल २३१ वटा कम्पनीकाे ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८ सय ३३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
शुक्रबार अपर तामाकाेशीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १९ कराेड ७२ लाख ५४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । ३ वटै डिबेञ्चर हुन् ।
यस दिन ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.३१ प्रतिशतले घटेर ३ सय ३ रूपैयाँमा झरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।