लगानी खबर, काठमाडाैँ - अपर तामाकोशी हाईड्रोपावरको हिजाे (बिहिबार ) बसेको संचालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न प्रस्ताव साधारण सभामा पेश गर्ने जनाएको छ।
कम्पनीले आफ्नो १४ औ वार्षिक साधारणसभामा मार्फत हकप्रद स्वीकृतिको लागि प्रस्ताव पेश गर्ने निर्णय भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले विद्युत नियमन आयोगमा पठाएको जानकारीमा उल्लेख छ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।