Like us!
Follow us!

सेयर बजार उकालाे यात्रामै, नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

सेयर बजार उकालाे यात्रामै, नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.७१ अंकले बढेर २००१.५३ विन्दुमा पुगेकाे छ । नेप्से ०.७४ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.७७ अंकले बढेर ३८३.१३ विन्दुमा पुगेकाे छ । 

कूल २२० वटा कम्पनीकाे ६२ लाख १० हजार ९ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५ सय ९९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह बढेकाे छ ।

बिहीबार एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३० कराेड १८ लाख ८६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज एनआईबिएल प्रगति फण्डको मूल्य सबैभन्दा धेरै बढेकाे छ । उक्त फण्डकाे मूल्य ९.९८ प्रतिशतले बढेर १० रूपैयाँ १४ पैसा पुगेकाे छ । 

यस दिन प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.०१ प्रतिशतले घटेर ३ सय ४१ रूपैयाँमा झरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।