Like us!
Follow us!

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर

लगानी खबर, काठमाडाैँ - हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेलाई प्राप्ति गर्ने सम्झौतामा आज हस्ताक्षर भएकाे छ । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडसँग मर्जर प्रकृया टुटेकाे हिमालयन बैंक लिमिटेडले अहिले सिभिल बैंकलाई एक्वायर गर्ने सम्झौता गरेकाे हाे । 

आज एक कार्यक्रमकाबीच हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

हिमालयन बैंकले सिभिल बैंकलाई १००ः०.८१ अनुपातमा एक्वायर गर्न लागेको हो । जस अनुसार सिभिल बैंककाे १०० कित्ता सेयर हुनेले हिमालयन बैंककाे ८१ कित्ता सेयर प्राप्त गर्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।