Like us!
Follow us!

साल्ट ट्रेडिङ्गको लाभांश बैंक खातामा जम्मा

साल्ट ट्रेडिङ्गको लाभांश बैंक खातामा जम्मा

लगानी खबर, काठमाडाैँ - साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नगद लाभांश सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले विभिन्न मितिमा सम्पन्न भएका ५१ औं, ५२ औं र ५३ औँ वार्षिक साधारणसभाबाट पारित हरेक बर्षको १० प्रतिशत नगद लाभांश असार १६ गतेसम्म बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा भइरहेको जनाएको छ । 

हितग्राही खातामा आफ्नो बैंकको खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई तत्काल खाता नम्बर अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको हो । 

साथै उक्त कम्पनीको सेयर बुक क्लोज अघिसम्ममा धितो बन्धक राखी कर्जा लिएका सेयरधनीको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भए पश्चात मात्र बैंक खातामा जम्मा गरिने र सो मिति पश्चात कर्जा चुक्ता भुक्तानी गरेका सेयरधनीको हकमा सम्बन्धित बैक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात मात्र बैंक खातामा जम्मा गरिने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।