Like us!
Follow us!

नेप्सेमा यी २ कम्पनीकाे काराेबार राेक्का

नेप्सेमा यी २ कम्पनीकाे काराेबार राेक्का

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फेरि २ बीमा कम्पनीकाे काराेबार राेक्का भएकाे छ । सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार राेक्का भएकाे हाे । 

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच आज असार २९ गते, बुधबार बिहान एक आपसमा गाभ्ने गाभिने (Merger) सम्बन्धी समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ ।

साेही कारण कम्पनीहरूले एक आपसमा गाभ्ने गाभिने (Merger) प्रयोजनका लागि आ-आफ्नो कम्पनीहरुको धितोपत्रको कारोबार रोक्का राख्नका लागि नेप्सेमा निवेदन दिएका हुनाले आज असार २९ गते, बुधबारदेखि लागू हुने गरी उक्त कम्पनीहरुको धितोपत्रको कारोबार रोक्का राखिएको नेप्सेले जनाएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।