Like us!
Follow us!

सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जर सम्झौता, स्वाप रेसियाे कति ?

सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जर सम्झौता, स्वाप रेसियाे कति ?

लगानी खबर, काठमाडाैँ - सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच (आज) बुधबार मर्जर सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रमका बीचमा दुवै कम्पनीको अध्यक्षहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सानिमा लाइफ इन्स्योरे कम्पनीका तर्फबाट सञ्चालक धनश्याम थापा र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक भरत कुमार तोदीले सम्झोता पत्रमा हस्ताक्षर गरेका छन् ।   जसमा स्वाप अनुपात १ : १ हुनेछ । 

दुई कम्पनी मर्जर भएमा कूल चुक्ता पुँजी चार अर्ब १० करोड पुग्नेछ । हाल सानिमा लाइफको दुई अर्ब र रिलायन्स लाइफको दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी छ ।

सानिमा लाइफको जीवन बीमा कोषमा तीन अर्ब १३ करोड १० लाख रुपैयाँ संचिती रहेको छ भने रिलायन्स लाइफमा तीन अर्ब ६७ करोड ११ लाख रुपैयाँ संचिती रहेको छ । कूल बीमा कोषको आकार छ अर्ब ८० करोड माथि पुग्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।