लगानी खबर, काठमाडाैँ - साउन महिनामा पनि बैंकहरूकाे ब्याजदर नबढ्ने भएकाे छ । नेपाल बैंकर्स संघकाे निर्णय अनुसार बैंकहरूले साउन महिनाकाे लागि पनि यथावत ब्याजदर राख्ने भद्र सहमति गरेका छन् ।
बैंकर्स संघको बुधबार बसेको बैठकले असारका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको हाे । सहमति अनुसार बैंकहरुले साेही ब्याजदर प्रकाशित गर्ने भएकाले साउन महिनाका लागि पनि निक्षेपकर्ताले निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर नै पाउने छन् ।
यसअघि चैत्र, वैशाख, जेठ र असार महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेकाे थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।