Like us!
Follow us!

नेप्सेमा दोर्दी खोला जलविद्युतको आईपीओ सूचिकृत, बिहीबारबाट कारोबारमा आउने

नेप्सेमा दोर्दी खोला जलविद्युतको आईपीओ सूचिकृत, बिहीबारबाट कारोबारमा आउने

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । 

स्टकका अनुसार कम्पनीकाे एक कराेड ५ लाख ४२ हजार ६ सय ४ कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय २ रूपैयाँ ३९ पैसादेखि अधिकतम ३ सय ७ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि DORDI​ सिम्बाेल प्राप्त गरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।