Like us!
Follow us!

सांग्रिला डेभलपमेन्ट बैंकको ग्रिन पिन सेवा सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको ग्रिन पिन सेवा सञ्चालनमा

लगानी खबर, काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि ग्रिन पिन सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंकबाट डेबिट कार्ड लिँदा पिनको जानकारी आफ्नो मोबाईलमा पाउन सक्नेछन् । यसबाट कागजबाट लिईने पिन लिन ग्राहकहरू बैंक आईराख्नु नपर्ने र सजिलै आफ्नो मोबाईलबाट डेबिट कार्डको पिन पाउन सक्नेछन्  ।

त्यसैगरी, आफ्नो नयाँ कार्ड कुनै पनि सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन प्राप्त गर्नेछन् । सम्बन्धित व्यक्तिको मोबाईल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिले भन्दा अझै सुरक्षित हुने विश्वास बैंकले लिएको छ ।

सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरूबाट यो सेवा उपयोग गर्न सकिने छ  । 

 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।