Like us!
Follow us!

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् रिजल्ट

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् रिजल्ट

लगानी खबर, काठमाडाैँ - हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि असार १९ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

अन्तिम दिनसम्म १६ लाख ३२ हजार ८ सय २ जना लगानीकर्ताहरूले १ अर्ब ८४ करोड ८८ लाख ४५ हजार रूपैयाँ बराबरकाे १ करोड ८४ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका थिए । 

माग भन्दा धेरैको आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएकाे छ । १ लाख ८३ हजार ४७ जनाले सेयर हात पारेका छन् । जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । 

अब केहि समयमा लगानीकर्ताहरुले बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, निष्काशनकर्ता कम्पनी हिमालयन हाइड्रोपावरको वेबसाइट तथा मेरो सेयरबाट समेत नतिजा हेर्न सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।