Like us!
Follow us!

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

लगानी खबर, काठमाडाैँ - एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि भाेलि २८ असारमा बुकक्लोज गर्ने जनाएको छ । त्यसैले, आज २७ असार नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

बैंकले गत आर्थिक वर्षको नाफाबाट ८ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकको १६ औं वार्षिक साधारण सभा साउन ९ गते सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।