Like us!
Follow us!

लगानीका नयाँ अवसर खुल्दै : थप ३ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

लगानीका नयाँ अवसर खुल्दै : थप ३ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

लगानी खबर, काठमाडाैँ - थप ३ कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति प्राप्त गरेका छन् । 

अनुमति पाएका कम्पनीहरू यस प्रकारका छन् :

१. धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न सेबाेनमा निवेदन दिएकाे थियाे ।  कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

२. अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९ कराेड ७५ लाख रूपैयाँ बराबरकाे ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र ३० गते सेबाेनमा निवेदन दिएकाे थियाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

३. सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २० कराेड रूपैयाँ बराबरकाे २० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न कार्तिक २९ गते सेबाेनमा निवेदन दिएकाे थियाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।