Like us!
Follow us!

राष्ट्र बैंकले २२ अर्ब ६० कराेडको ट्रेजरी बिक्री गर्दै

राष्ट्र बैंकले २२ अर्ब ६० कराेडको ट्रेजरी बिक्री गर्दै

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि ८ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल असाेज २५ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ६ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल पाैष २६ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ८ अर्ब ६० रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल वि.सं २०८० साल असार २६ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (असार २७ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी असार २८ गते, मंगलबार बिक्री हुनेछ ।

62ca792c0a0af.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।