Like us!
Follow us!

सिद्धार्थ बैंककाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिद्धार्थ बैंककाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - सिद्धार्थ बैंक लिमिटेडले असार १० गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र भर्ने आज (असार २४ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले १० वर्ष अवधिकाे "१० वर्ष, १०.७५% एसबीएल डिबेञ्चर, २०८९" काे नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हाे । निष्कासन गरिएकाे कुल ४० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले कुमारी क्यापिटल, सिद्धार्थ बैंक लिमिटेड र नेपाल धिताेपत्र बाेर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।