लगानी खबर, काठमाडाैँ - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताकाे रूपमा काम गर्न थप ७ कम्पनीलाई स्वीकृति प्रदान गरेकाे छ । याे सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीकाे संख्या ११६ पुगेकाे छ । यसअघि बाेर्डले पहिलाे चरणमा ४६ वटा, दोस्रो चरणमा थप १८ वटा, तेस्रो चरणमा ७ वटा कम्पनी, चौथो चरणमा ९ वटा, पाँचाै चरणमा ५ वटा, छैठाैँ चरणमा २ वटा, साताैँ चरणमा ८ वटा, आठाैँ चरणमा ५ वटा, नवाैँ चरणमा ६ वटा र दशाैँ चरणमा ३ वटा कम्पनीलाई स्वीकृति दिएको थियो ।
थपिएका कम्पनीहरूमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्येक्सी क्याप फण्ड, नबिल बैंक, मेगा म्युचुअल फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लुचिप फण्ड रहेका छन् ।
योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गर्ने जस्ता कार्य गर्दछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।