Like us!
Follow us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, अर्थमन्त्रीकाे राजिनामा बजारले पचाएन

दाेहाेराे अंकले घट्याे सेयर बजार, अर्थमन्त्रीकाे राजिनामा बजारले पचाएन

लगानी खबर, काठमाडाैँ - बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.६० अंकले घटेर २०२७.३२ विन्दुमा झरेकाे छ । नेप्से ०.८१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.४२ अंकले घटेर ३८५.४९ विन्दुमा झरेकाे छ । 

कूल २२९ वटा कम्पनीकाे ४७ लाख ११ हजार २५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८० करोड ६२ लाख ४ हजार ७ सय ६५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

बिहीबार लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७ कराेड ६५ लाख ८९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज आरबिबि म्युचुअल फण्ड १ काे मूल्य सबैभन्दा धेरै बढेकाे छ । उक्त फण्डकाे मूल्य ३.९३ प्रतिशतले बढेर ८ रूपैयाँ ४६ पैसा पुगेकाे छ । 

यस दिन समिट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ५.२० प्रतिशतले घटेर ८ सय १५ रूपैयाँ ३० पैसा पुगेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।