Like us!
Follow us!

हेर्नुस् कसरी सेट गर्ने मेरो शेयरमा पिन कोड ?

हेर्नुस् कसरी सेट गर्ने मेरो शेयरमा पिन कोड ?

लगानी खबर, काठमाडौँ - अब उप्रान्त मेरो शेयर मार्फत साधारण शेयर (आइपिओ) मा आवेदन दिँदा  पिन कोड आवश्यक पर्ने भएको छ । यसरी, पिन काेड प्रयाेग गर्दा  मेरो शेयर सफ्टवेयर थप सुरक्षित हुनेछ । याे पिन काेड हरेकपल्ट आइपिओ भर्दा जरूरी पर्ने भएकाले याे पिनलाई सुरक्षितसँग राख्नु पर्नेछ ।

हेर्नुस् कसरी सेट गर्ने मेरो शेयरमा पिन कोड ? 

१. सबैभन्दा पहिला सधैँ जस्तै मेरो शेयर खोलेर युजर नेम पासवर्ड हाल्ने,

२. त्यसपछि अरुबेला सिधै खाता खुल्छ तर यसपल्ट फोटोमा देखाएको जस्तो खुल्छ । त्यसमा New Transaction PIN भन्नेमा तपाईलाई लागेको कुनै ४ अंक राख्ने, 

३. त्यही अंक तल Conform Transaction PIN भन्नेमा पनि राख्ने र त्यसपछि Proceed मा क्लिक गर्ने,

४. दाँया किनारामा हरियो अक्षरमा Your PIN code is successfully submitted भन्ने आउँछ र तपाईको स्क्रीन पहिलाकै मेरो शेयरको इन्ट्री पोइन्टमा फर्किन्छ,

५. त्यसपछि पुरानै युजर नेम र पासवर्ड युज गरेर Mero share इन्ट्री गर्ने । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।