Like us!
Follow us!

नेप्सेमा आँधिखोला र सीवाईसी नेपाल लघुवित्तको सेयर काराेबार राेक्का

नेप्सेमा आँधिखोला र सीवाईसी नेपाल लघुवित्तको सेयर काराेबार राेक्का

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्तकाे सेयर काराेबार राेक्का गरिएकाे छ । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त बीच हिजाे (असार २२ गते, बुधबार) मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे थियाे ।

त्यसैले, बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्तकाे सेयर काराेबार आज (असार २३ गते, बिहीबार) बाट राेक्का राखिएकाे नेप्सेले जनाएकाे छ ।

62c69e9897d4f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।