Like us!
Follow us!

प्राइम बैंकको ऋणपत्र बाँडफाँड

प्राइम बैंकको ऋणपत्र बाँडफाँड

लगानी खबर, काठमाडाैँ - प्राइम बैंक लिमिटेडले जेठ ३१ गतेदेखि असार १४ गतेसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड गरिएकाे छ । उक्त अवधिभर रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई हिजाे (असार २२ गते, बुधबार) बाँडफाँड गरिएकाे बैंकले जानकारी दिएकाे छ ।

बैंकले ५ वर्ष अवधिकाे "५ वर्ष, १०.१५% प्राइम डिबेञ्चर, २०८४" काे नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गरिएकाे हाे । सर्वसाधारणका लागि छुट्याइएकाे कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । 

बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको थियाे ।

62c69de5ad9cd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।