लगानी खबर, काठमाडाैँ - ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने 'ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१' आज (असार २२ गते, बुधबार) बाट निष्कासन तथा बिक्री खुल्ला भएको छ।
कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक र योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १३ दशमलव ५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाइ कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई तथा १ दशमलव ५० प्रतिशत १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई सुरक्षित राखी बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ ।
यस खुलामुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम एक कराेड २० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् । याे फण्डमा लगानीकर्ताले छिटाेमा असार २६ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।