Like us!
Follow us!

सेयर बजारमा भारी गिरावट

सेयर बजारमा भारी गिरावट

लगानी खबर, काठमाडाैँ - आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४६.०८ अंकले घटेर २०३०.५९ विन्दुमा झरेकाे छ । नेप्से २.२२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.७१ अंकले घटेर ३८७.२३ विन्दुमा झरेकाे छ । 

कूल २२९ वटा कम्पनीकाे ८६ लाख १३ हजार ४ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।

मंगलबार सानिमा बैंक लिमिटेडकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे संस्थापक सेयरकाे ३० कराेड २० लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.६० प्रतिशतले घटेर २ सय ११ रूपैयाँमा झरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।