Like us!
Follow us!

आईपीओ निष्कासन गर्न थप एक हाइड्रोले दियाे बाेर्डमा निवेदन

आईपीओ निष्कासन गर्न थप एक हाइड्रोले दियाे बाेर्डमा निवेदन

लगानी खबर, काठमाडाैँ - सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३१ कराेड ५० लाख रूपैयाँ बराबरकाे ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न असार १५ गते, बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।