Like us!
Follow us!

नेप्से परिसूचकमा गिरावट, आकर्षक ढङ्गले बढ्यो कारोबार रकम

नेप्से परिसूचकमा गिरावट, आकर्षक ढङ्गले बढ्यो कारोबार रकम

लगानी खबर, काठमाडाैँ - साेमबार नेप्से परिसूचक घट्दा काराेबार रकम भने आकर्षक ढङ्गले बढेकाे छ । 

आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा झरेकाे छ । नेप्से ०.४७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.६८ अंकले घटेर ३९६.१५ विन्दुमा झरेकाे छ । 

कूल २३४ वटा कम्पनीकाे एक कराेड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ रूपैयाँ २१ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । याे काराेबार रकम ४ महिना यताकै सर्वाधिक हाे ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहकाे सेयर बढ्दा बाँकी ९ वटा उपसमूहकाे सेयर घटेको छ ।

साेमबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १७ कराेड ५८ लाख ८३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।  यस दिन ग्लाेबल आईएमइ डिबेञ्चर २०८६/८७ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ९.७५ प्रतिशतले घटेर ८ सय ३३ रूपैयाँमा झरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।