Like us!
Follow us!

अजाेड इन्स्याेरेन्सले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अजाेड इन्स्याेरेन्सले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

लगानी खबर, काठमाडाैँ - अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड चयन भएको छ ।

कम्पनीकाे हिजाे असार १९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे । 

यससँगै कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

62c2aaebaea9c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।