Like us!
Follow us!

एचआईडिसिएलको लिलामी सेयर भर्ने आज अन्तिम दिन

एचआईडिसिएलको लिलामी सेयर भर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले असार ५ गतेदेखि बिक्री खुल्ला गरेकाे  अवितरित हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेकाे छ । 

कम्पनीले ३ करोड ३० लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याएकाे हाे ।  उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लिलामी सेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडाैँ ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामाेड, हनुमानदास राेड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटाैँडा, नारायणगढ, न्यूराेड पाेखरा, बुटवल-मिलनचाेक, बाग्लुङ्ग, नेपालगञ्ज-त्रिभुवन चाेक, सुर्खेत, घाेराही दाङ, धनगढी र महेन्द्रनगर शाखा बाट आवेदन दिन सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।