Like us!
Follow us!

सिन्धु विकास बैंकले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

सिन्धु विकास बैंकले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडाैँ - सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असार १७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बाह्रौँ वार्षिक साधारण सभा श्रावण ६ गते, शुक्रबार मिरावल रिसोर्ट होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ । त्यसैले, बैंकका शेयरधनीहरूकाे हात खाली हुनेछ । 

बैंकले साधारण सभा प्रयाेजनका लागि असार २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार २६ गते, आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

के-के छन् एजेन्डा ?

62c1521d8fcac.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।