लगानी खबर, काठमाडाैँ - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बुकक्लाेज मिति ताेकेकाे छ ।
कम्पनीकाे सञ्चालक समितिकाे बैठकले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि श्रावण २ गते, साेमबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, श्रावण १ गते, आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १:१ काे अनुपातमा २६ कराेड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरकाे २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असार १५ गते, बुधबार नै अनुमति पाइसकेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि आरविवि मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।