लगानी खबर, काठमाडाैँ - अबदेखि मेगा बैंक नेपाल लिमिटेडले पनि सिआस्वा शुल्क लिने भएकाे छ ।
यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेकाे बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत २५ रूपैयाँ लिने भएकाे हाे । बैंकले असार ३ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्कासन/आईपीओ) मा प्रति आवेदन २५ रूपैयाँ शुल्क निर्धारण गरेकाे हाे ।
बैंकले एक सूचना प्रकाशन गर्दै सशुल्क आस्वा सेवाबाट ग्राहकले पाउने सेवा अझ उत्कृष्ट हुने बताएकाे छ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।