Like us!
Follow us!

नेप्सेमा करेक्सन, २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्सेमा करेक्सन, २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडाैँ - साताकाे अन्तिम काराेबार दिन नेप्सेमा करेक्सन देखिँदा २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८.७७ विन्दुमा झरेकाे छ । नेप्से ०.४४ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.१७ अंकले घटेर ३८८.६२ विन्दुमा झरेकाे छ । 

कूल २२० वटा कम्पनीकाे ३६ लाख ६३ हजार एक सय १० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ९३ लाख एक हजार ३ सय ८८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढ्दा बाँकी १० वटा उपसमूहकाे सेयर घटेको छ । व्यापार, फाइनान्स र लघुवित्त समूह बढेकाे हाे ।

त्यसैगरी, आज २ लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यता  स्ट्यान्डर्ड चार्टर्ड बैंककाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ४.७७ प्रतिशतले घटेर ३ सय ८९ रूपैयाँ ५० पैसा झरेकाे छ ।

शुक्रबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ कराेड ५७ लाख ४७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।