Like us!
Follow us!

सयपत्री हाइड्रोलाई आईपीओ बिकाउनै मुस्किल, थपियो म्याद

सयपत्री हाइड्रोलाई आईपीओ बिकाउनै मुस्किल, थपियो म्याद

लगानी खबर, काठमाडाैँ - सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले असार २ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने म्याद थपिएकाे छ । यसअघि आज असार १६ गतेसम्म आवेदन दिन पाइने भनिएकाेमा बिक्री नभएपछि म्याद थपेर असार २४ गतेसम्म पुर्याइएकाे छ । 

कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गरेको हो । 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । 

लगानीकर्ताहरुले यस आईपीओमा प्रभु बैंक लिमिटेड शाखा कार्यालय, ताराखोला, ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, गल्कोट, कामना सेवा विकास बैंक, गल्कोट, एनआईबिएल एस क्यापिटल लाजिम्पाट र प्रभु बैंक लिमिटेड शाखा कार्यालय, गल्कोटबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।