Like us!
Follow us!

सेयर बजारको ओरालो यात्रामा ब्रेक !

सेयर बजारको ओरालो यात्रामा ब्रेक !

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा पुगेकाे छ । नेप्से २.१५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ६.५५ अंकले बढेर ३७९.१५ विन्दुमा पुगेकाे छ । 

कूल २२८ वटा कम्पनीकाे ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै व्यापार समूह बढेकाे छ । 

बुधबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ कराेड ४२ लाख ७६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे । यस दिन मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य १.९१ प्रतिशतले घटेर ४ सय ११ रूपैयाँमा झरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।