Like us!
Follow us!

बरुण हाइड्रोले पायाे हकप्रद ल्याउन सेबाेनबाट अनुमति

बरुण हाइड्रोले पायाे हकप्रद ल्याउन सेबाेनबाट अनुमति

लगानी खबर, काठमाडाैँ - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । 

कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १:१ काे अनुपातमा २६ कराेड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरकाे २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न जेठ ११ गते सेबाेनमा निवेदन दिएकाे थियाे । बाेर्डले आज (असार १५ गते, बुधबार) हकप्रद निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धककाे काम आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।