Like us!
Follow us!

मन्दाकिनी हाइड्रोकाे आईपीओ बिकाउनै हम्मेहम्मे, थपियाे म्याद

मन्दाकिनी हाइड्रोकाे आईपीओ बिकाउनै हम्मेहम्मे, थपियाे म्याद

लगानी खबर, काठमाडाैँ - मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १ गते बुधबारदेखि आयाेजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने म्याद थपिएकाे छ । बिक्री नभएपछि उक्त आईपीओमा अब असार २२ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले पहिलाे चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे ५ लाख ८८ हजार ३ हजार ७ सय कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १७ कराेड ६४ लाख ११ हजार रूपैयाँ बराबरकाे १७ लाख ६४ हजार एक सय १० कित्ता आईपीओ निष्कासन गर्न सेबाेनबाट अनुमति पाएकाे थियाे । यस आईपीओमा कम्पनीकाे आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन् ।

स्थानीय बासिन्दाहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले उक्त प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । लगानीकर्ताले मन्दाकिनी हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखाबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।