Like us!
Follow us!

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा एशियन लाइफ अब्बल

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा एशियन लाइफ अब्बल

लगानी खबर, काठमाडाैँ - मंगलबार सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ विन्दुमा झरेकाे छ । नेप्से ०.६१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.२२ अंकले घटेर ३७२.६० विन्दुमा झरेकाे छ । 

कूल २३० वटा कम्पनीकाे ३० लाख ३७ हजार ६ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५ करोड ८२ लाख ४६ हजार ४ सय ७२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे सेयर बढ्दा बाँकी ११ वटा उपसमूहकाे सेयर घटेको छ ।  

मंगलबार एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७ कराेड ३१ लाख ३३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसैगरी, आज सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ७१ रूपैयाँ ७० पैसा पुगेकाे छ । यता लक्ष्मी इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ५.७३ प्रतिशतले घटेर ९ रूपैयाँ ३८ पैसामा झरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।